काभ्रेमा विप्लव समूहका सदस्य र प्रहरीबीच गोली हानाहान

admin

५ चैत, काभ्रे: काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । नेकपा समूहलाई नियन्त्रण गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखा टोलीमाथि मंगलबार राति फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो । गोली हानाहान रोशी गाउँपालिकामा भएको भनिए पनि पुष्टि भइसकेको छैन ।

महाशाखाका एसपी केदार ढकालले घटनाबारे पूरै विवरण आइनसकेको बताए। उनले घटनामा प्रहरीतर्फ कुनै क्षति नभएको बताए। उनले भने, ‘घटनास्थल कुन ठाउँ हो भन्ने एकीन भएको छैन।’

अनुसार नेकपाको गतिविधिबारे सूचना आएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। त्यसक्षेत्रमा महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली त्यहाँ पुगेको हो। मुलुकमा हिंसात्मक गतिविधि बढाएको भन्दै गत फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । त्यसयता सुरक्षा निकायले उसको गतिविधिमा निगरानी बढाएको छ ।

प्रतिक्रिया