केराको बोक्रो बन्छ मोटोपन,अनिन्द्रा र क्यान्सरको लागि अचूक औषधि

रिता घिसिंग

एजेन्सी : केरा कयौँ किसिमको स्वास्थ्यवर्द्धक भिटामिन्स र मिनरल्सको भरिपूर्ण स्रोत हो । यसमा भिटामिन बी-६, बी-१२, पोटाशियम र म्याग्नेशियम जस्ता आवश्यक पोषक तत्व पाईन्छ । जहाँ केरा मसल्स र वजन बढाउनको लागि उपयोगी हुन्छ भने त्यहीँ केराको बोक्रा वजन घटाउनका लागि अचूक उपायको रूपमा प्रयोग गरिन्छ । अधिकांशले केरा खाईसकेपछी बोक्रा फ्याँक्ने गर्दछन् । उनीहरूलाई यो थाहा हुँदैन कि जुन बोक्रा फालिरहेका हुन्छन्, त्यसमा भिटामिन ए को भण्डार हुन्छ, जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउँछ । जसमा लुटेनिन नामक एक तत्व हुन्छ, जुन आँखालाई स्वस्थ राख्न मद्दत गर्छ तथा जसमा भरिपूर्ण मात्रामा फाइबर हुन्छ । जसले शरीरमा कोलेस्ट्रोल नियन्त्रित गर्नुको साथै वजन कम गर्न पनि मद्दत गर्छ ।

फाइदा
केराको बोक्राको स्वास्थ्यमा पर्ने प्रभावलाई लिएर जापानी साइन्टिफिक रिसर्चमा यो भनिएको छ कि पहेँलो रंगको केराको बोक्रा क्यान्सररोधी गुणले भरिपूर्ण हुन्छ । यसले शरीरमा व्हाइट ब्लड सेल्सको निर्माणमा मद्दत गर्छ । यदि तपाई पहेँलो केराको बोक्राको साटो हरियो बोक्राको प्रयोग गर्न चाहनुहुन्छ भने यसको लागि आवश्यक हुन्छ कि यसलाई १० मिनेट सम्म पानीमा उमाल्नुहोस् । यसो गर्दा बोक्रा नरम हुन्छ र जसलाई सजिलै खान सकिन्छ । एक अध्ययनको अनुसार, केराको हरियो बोक्रामा ट्रिप्टोफन नामक एमिनो एसिड हुन्छ, जसले राती राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ । यसको साथै यसमा पाईने सेरोटोनिन तनाव कम गर्नमा तथा डोपामिन मुटुको धड्कनलाई दुरुस्त गर्न तथा किड्नीलाई प्रयाप्त मात्रामा रगत आपूर्ति गर्नका लागि मद्दतगार हुन्छ ।

केराको सेवन
केराको बोक्राको सेवन गर्ने अनेक विधि प्रचलनमा छन् । कतिपय मानिसले यसलाई काँचो अवस्थामा खाने गर्छन भने कतिपय मानिसले केराको बोक्रालाई पानीमा १० मिनेट सम्म उमालेर यसको सेवन गर्छन् । केराको हरियो बोक्राको सब्जी पनि बनाईने गरिन्छ । यसको लागि यसमा थुप्रै मसला र अन्य सामाग्री मिलाएर यसलाई स्वादिष्ट बनाईने गरिन्छ । केराको पहेँलो बोक्रालाई सिधै खान सकिन्छ । यसमा केराको स्वाद हरियो बोक्राको तुलनामा बढी हुन्छ ।

प्रतिक्रिया