खानेपानी बनाउन जाँदा दाजुभाइको एकै चिहान (भिडियो)

मनिषा थापा

पिएनपिखबर : रोशी गाउपालिका वडा नम्बर १०, वालिटिंग, भांगेटारकामा एकै परिवारको दुई दाजुभाईको चट्याङ्ग लागेर मृत्यु भएको छ। काभ्रेको महाभारत गाउँपालिका टुनिबासमा नरबहादुर लामा, ५० सन्चर सिं लामा सहित् एउटा कुकुर मृत अबस्थामा फेला परेका हुन्।

मृतककाे शरीर आगोले पाेलेकाे, लुगा डडेकाे अबस्थामा भेटिएको थियो। जेठ १ गते दिउँसो मध्यान्ह १२ बजेतिर खानेपानी बनाउनको लागि हिडेका नरबहादुर लामालाई खाजा पुर्याउन सन्चर सिं लामा पुगेका थिए। पानी परिरहेका कारण दुवैजना खाजा खान रुखमा ओत लाग्दा चट्याङ्गमा परी मृत्यु भएको रोशी गाउपालिका वडा नम्बर १०का वडा अध्यक्ष दुधराज तामाङले बताएका छन्।

उनले भने, ‘मृतकको परिवारमा छाक टार्न समेत् धौ-धौ छ। उनीहरुसँग अन्तिमसस्कार गर्न पैसा नभएको कारण यही गर्न कुरा भयो तर पोस्टमार्टम नै गर्नु पर्ने भएकोले हामीले २ ४ सय गरी चन्दा उठायौ। उनीहरु मात्र नभई चट्याङ्गकै कारण एकवर्ष भित्रमात्र ७ जनाले ज्यान गुमाइसकेका छन्। खानेपानी कै कारणले उनीहरुको ज्यान जानु एउटा दुखद कुरा हो।’ उनले थपे, ‘पर्याप्त बजेट नआउँदा हामीले खानेपानी र बाटोघाटोको काम गर्न सेकाका छैनौ। एउटा लाइटिंग स्त्रिगको एन्टिना हाल्दा चट्याङ्गबाट जोगिन सकिन्थ्यो तर यति हाल्न पनि सरकारले कुनै चासो दिएको छैन।’

खानेपानी बनाउनको लागि गएका नरबहादुर र उनलाई खाजा पुर्याउन गएका संचर सिहं घर नफर्किएपछि उनीहरुलाई खोज्न परिवारका सदस्य साहित् गाउँनै उल्टिए। तर कुनै पत्ता लागेन। घटना घटेको तस्रो दिनमात्रै शब भटिएको थियो। मृतकको परिवार निकै भावाहिल अस्ब्थामा छ। शबलाई पोष्टमार्टमको लागि लागिएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू