खेत हो कि बाटो ? प्रधानमन्त्रीलाई हिलैमा ‘रेड कार्पेट’ स्कुले बालबालिकालाई दिनहुँ सास्ती (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भक्तपुरको पलासे डोलेश्वर वडा न ९ स्थित सडकखण्ड विग्रिदा त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको छ। स्कुल जाने बालबालिका देखि स्थानीयबासीलाई समेत् आवतजावत गर्न असहज भएको छ। असार मसान्तसम्म पिच रोड सम्पन्न गर्ने निर्देशन दिएपनि निकायको लापरवाही निर्माण कार्यमा ढिला शुस्ती भएको हो।

विगत एक वर्ष देखि कालोपत्रे सडक निर्माण गर्ने कार्य शुरु भएता पनि ढिला शुस्तीका कारण सम्पन्न हुन् सकेको छैन। त्यतिकैमा अविरल वर्षाले गर्दा बाटो खेतजस्तो हिल्लामै भएको छ। सरकारी निकायको लापरवाहीको कारणले गर्दा बाटो अवरुद्ध भएको स्थानीय वासीको गुनासो छ। जुत्ता हातमा बोक्दै हिडिरहेकी एक स्थानिय महिलाले भनिन्, ‘बाटो बनाउन त शुरु भयो तर बजेट पुग्या छैन भनेर काम रोकिरहेको छन् जसले गर्दा आवाजजावत गर्न निकै गाह्रो छ।’

सुर्यविनायक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष उपेन्द्र राज केसीले भने, ‘बाटो पीच गर्न निरन्तर लागिरहेका छौ तर वर्षाको कारण तत्काल पिच हुन् सक्ने अवस्था छैन। माथिल्लो निकायले आर्थिक समस्या देखाईरहेको कारण बाटो बन्न ढिला भएको हो।’ पिएनपिखबरसँगको कुराकानीमा अध्यक्षले दुईहप्ता भित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्दता जनाए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू