गर्लफ्रेण्डले घर नजिकै कोलड्रिंक किनेर पिएपछि खर्चिली गर्लफ्रेण्ड चाहिएन भन्दै ब्रेकअप

रिता घिसिंग

एजेन्सी : पति-पत्नी, ब्वायफ्रेन्ड-गर्लफ्रेण्डबीचको सम्बन्ध पछिल्लो समय सानो कुरामासमेत समाप्त हुन थालेको छ । यसैबीच एक युवकले आफ्नी गर्लफ्रेण्डलाई कोलड्रिंक पिउँदा खर्च गर्ने भन्दै ब्रेकअप दिएका छन् ।

घर नजिक पुग्ने बेला तिर्खा लागेका कारण केटीले कोलड्रिंक किनेकी थिइन् । तर केटाले भने घर नजिक पुग्नबेला फोकटमा खर्च गरेको भन्दै खर्चीली गर्लफ्रेण्ड चाहिएन भन्दै ब्रेकअप दिएका हुन् ।

 

यो घटना चीनको हो । डेटमा निस्केका एक जोडीले दिउँसोसम्म पानीसमेत पिएनन् । तर घर फर्किदा प्याँसका कारण घर पुग्नु भन्दा केही अगाडि केटीले कोलड्रिंक किनीन । यो देखेर उनका ब्वायफ्रेण्डले ‘केही मिनेटमा घर पुग्दै थियौ किन किन्यौ, घर गएर पानी किन्न सक्थ्यौं किन खर्च गर्याै’ भन्दै झर्किए ।

 

यी जोडी ७ वर्षदेखि रिलेसनसिपमा रहेको वल्र्डअफबजले जनाएको छ । ती युवकले आफ्नी गर्लफ्रेण्डलाई ब्रेकअप गर्नसमेत सुझाव दिएका छन् ।

प्रतिक्रिया