गायक सि डि विजय अधिकारीको “साथ दिने” गीतको भिडियो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ,  ११  मंसिर  :  भ्वाइस अफ नेपालका प्रतिष्पर्धी तथा गायक सिडि विजय अधिकारीको आवाजमा रहेको “साथ दिने” बोलको गीतको भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ ।

मनी भट्टराईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । बासु न्यौपानेको छायाँकन, अमृत चापागाँईको सम्पादन, आयुष क्षेत्रीको निर्देशन भिडियोमा रहेको छ । “साथ दिने” गीतको भिडियोमा समिर खान, सुजता भट्, महेश श्रेष्ठको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो  :

प्रतिक्रिया