घट्यो सुनको भाउ

मनिषा थापा

काठमाडौं : साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ६० हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले घटेर आज ६० हजार पाँच सय रुपियाँमा कारोबार भएको छ ।

महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८ सय ७० रुपैया कायम गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा पाँच रुपियाँले घटेर सात सय ६० रुपियाँमा कारोबार भएको छ ।

महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय १५ रुपियाँ पाँच पैसा कायम गरेको छ ।

प्रतिक्रिया