चिसोमा बच्चालाई कसरी बचाउने ?

रिता घिसिंग

एजेन्सी : चिसो मौसम सुरु हुने वित्तिकै बच्चाहरुलाई चिसो बाट जोगाउन गाह्रो हुन्छ । सामान्यतया चिसोको कारण स साना बच्चाहरु रुघाखोकी निमोनिया जस्ता थुप्रै रोगहरुले सताउने गर्छ । त्यसकारण यस्ता समस्याहरु बाट बचाउनको लागि बच्चाहरुलाई कसरी सहयोग गर्ने भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

१ ,आवश्यकता अनुसार न्यानो कपडा लगाइदिने :
बच्चाहरुलाई चिसोबाट बचाउनको लागि बाक्लो कपडा लगाइदिनुपर्छ । अनावश्यक रुपमा बाक्लो कपडा लगाइदिनाले बच्चाको शरिरमा पसिना आउने र जिउमा नै पसिना सुक्ने भएको कारण बच्चाहरु रुघा, खोकी लाग्ने निमोनिया जस्ता समस्या हुने भएको कारण आवश्यकता अनुसार मात्र बच्चाहरुलाई न्यानो कपडा लगाइदिनुपर्छ ।

२.हिटर तथा आगो बाल्दा ध्यान दिने :
चिसोबाट बच्नको लागि जाडो मौसममा बन्द कोठामा बसेर हिटरको प्रयोग गर्दा हिटरबाट कार्बनमोनोअक्साइड ग्यास ग्यास उत्पन्न हुने गर्छ । जसले बच्चालाई मात्र हैन् ठूलो मान्छेलाई पनि असर गर्ने गर्छ । बच्चा सुतेको बेलामा हिटर बालेर सुताउँनु हुँदैन् यसो गर्नाले बच्चाहरुलाई अक्सिजनको कमी भएर मृत्यु हुने सम्भावना धेरै हुन्छ । त्यसकारण कोठालाई न्यानो बनाउने भनेर हिटर मट्टितेल, ग्यास, कोइला आदि बाल्दा विशेष ध्यान दिनुपर्छ ।

३.घाम ताप्ने :
बच्चालाई न्यानो राख्नको लागि सूर्यको तापको आवश्यकता पर्छ । बच्चालाई मध्याह्न १२ बजे भन्दा अगाडीको घाममा सुताउनु उपयुक्त हुन्छ । घाममा बच्चालाई राख्दा तोरी वा नरिवलको तेलले मालिस गर्नुपर्छ । यसरी बच्चालाई तेल लगाउँदा कान, नाक, नाइटोमा तेल लागेमा संक्रमणको खतरा बढी हुन् हुँदा सजग रहनुपर्छ ।

४.सरसफाइमा ध्यान दिने :
धेरैले जाडोको बेलामा बच्चालाई चिसो लाग्छ भनेर धेरै दिन सम्म ननुहाइ राखिदिने गर्छन् । यसो गर्दा सरसफाइको कमी भएर बच्चालाई फोहोर भएकै कारण विभिन्न रोगहरु लाग्ने सम्भावना बढी हुन्छ । यस्तो बेलामा बच्चा र आमा दुवैको सरफाइमा ख्याल गर्नुपर्छन। जसले गर्दा बच्चाको शरिरमा आउने खटिराजन्य रोग र रुघाखोकीबाट बचाउन सकिन्छ ।

५.फलफूल तथा झोलिलो खानेकुरा प्रशस्त खुवाउने :
चिसो मौसममा बच्चाहरुलाई रुघा, खोकी लगायतका रोगहरु लाग्ने भएको कारण फलफुल खुवाउन डराउँने गरेको पाइन्छ । चीसो मौसममा तातो पानीले पखालेर ताजा फलफुलहरु खुवाउने गरेमा बच्चाहरुलाई चिसो लाग्दैन् ।

प्रतिक्रिया