चिसो पानी पिउनु फाइदा कि बेफाइदा ? जान्नुहोस्

मनिषा थापा

एजेन्सी : गर्मी मौसममा तिर्खा मेटाउन हामी चिसो पानी पिउने गर्दछौ तर चिसो पानी पिउनु हाम्रो शरीरलाई धेरै बेफाइदा हुने गर्दछ । गर्मी मौसममा प्राय सबैले फ्रिजमा राखिएको पानी पिउने गर्दछौ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ ।

बेफाइदा :

१. चिसो पानी पिउनाले रक्तनलीहरु खुम्चिने हुन्छ ।

२. खानेकुरा राम्रोसंग पच्दैन चिसो पानी पिउनाले आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

३. चिसो पानी, फ्रिजमा राखेको पानी या बरफहरुको सेवनले मुटुको धड्कनमा असर पार्छ ।

४. स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ ।

. चिसो पानी पिउनाले शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ ।

. चिसो पानी पिउनाले खानेकुरामा भएका पोषक तत्व शरीरले सबै प्राप्त गर्न सक्दैन ।

. चिसो पानी पिउनाले घाँटीमा मांशपेशी तथा कोशिकाहरुमा असर गर्दछ ।

. चिसो पानी पिउनाले घाँटीमा संक्रमणको खतरा पनि हुन्छ ।

. खरभुजा वा काँक्रो खाए लगत्तै पानी पिउँदा रुगा खोकी शुरु हुने खतरा हुन्छ ।

१०. खाना पछि तत्काल पानी पिउँदा शरीरमा तैलीय पदार्थ बढ्छ ।

११. खाली पेटमा पानी पिउँदा चिसो लाग्ने र अन्य विरामी हुने खतरा हुन्छ ।

प्रतिक्रिया