जाडोमा ‘मर्निङ वाक’ गर्न हुन्छ कि हुदैन ? जानौ

मनिषा थापा

चिसोको कारणले स्वास्थ्यमा धेरै प्रकारका समस्या हुन सक्छन् । बालबालिका देखि बृद्धबृद्धासम्मलाई यो मौसम निकै कष्टकर हुन्छ । जाडोमा बच्न सकिएन भने मुटुका रोगीका लागि निकै खतरनाक हुन्छ । यो मौसममा चिसोसँग बच्न नसके हृदयघातको समस्या हुने विज्ञहरुले औंल्याएका छन् ।

मुटुका बिरामीहरुले यो समयमा स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ । यो मौसममा चिसो हावाले शरीरको गर्मीपनलाई खोसेर लैजान्छ । रक्तनलीहरु खुम्चिँदै जान्छन् । यसको असर मुटुमा रगतको आपूर्ति गर्ने धमनीहरुमा पर्न जान्छ ।

बिहानको हावा :एक अध्ययनले देखाएअनुसार बिहानीको समयमा शरीरका रक्तनलीहरु संकुचित हुन्छन् । यसक्रममा हावामा पाइने धुँवा र यसको खराब गुणले हृदय घातको जोखिम दुई गुणा हुनसक्छ । चिकित्सकहरुका अनुसार चिसोमा हावाको गति कम हुन्छ र आद्रताको स्तरमा बृद्धि हुन्छ । जसले हावामा प्रदुषण बढ्न थाल्छ ।

तुँवालोको असर : चिसो मौसममा प्रदुषणका कारण उत्पन्न भएका हानीकारक कणहरु जमिनको नजिकै घेरिएर रहेका हुन्छन् । यसले सास र छातीमा समस्या पैदा गर्दछ । उच्च रक्तचाको समस्या हुन्छ । शरीरमा भिटामिन डीको कमी, कोलस्ट्रोल स्तर बढ्ने, रगतको आपूर्ति, रक्तसञ्चारमा गडबडि, पसिना नआउने र फोक्सोमा अतिरिक्त पानी जम्मा हुने समस्या हुन्छ ।

खतराको संकेत :हृदयघातबाट बच्न हामीले त्यसको संकेत तर्फ ध्यान दिनुपर्छ । छाती पोल्ने, बेचैनी हुने, लगातार उच्च रक्तचाप रहने, हात दुखेर छातीसम्म पुग्ने लक्षण हुन्छन् । जुन अनुपातमा पानी पिइएको छ, त्यस अनुपातमा पिसाब आएको छ की छैन विचार गर्नुपर्दछ ।

सावधानीका उपाय…
बिहानै चिसोमा नहिड्ने, मदिरा नपिउने, पौष्टिक आहार खाने, घरमै योगा र व्यायम गर्ने । आफ्नो स्वास्थ्यर्ला बचाउन तपाइकै हातमा हुन्छ । आफ्ना केही गलत बानीहरु छोड्ने हो भने सबै कन्ट्रोल हुन्छ ।

प्रतिक्रिया