जापानमा एक नेपाली विद्यार्थीको निधन, शव नेपाल पठाउन सहयोगको अपिल

मनिषा थापा

काठमाडौ : जापानमा एक नेपाली विद्यार्थीको निधन भएको छ । अध्ययनका लागि जापान गएका बर्दिया मगरागडीका २९ वर्षीय रामहरी घिमिरेको मृत्यु भएको छ।

जापानको चुरिन्काई कानागावा केन अस्पतालमा उपचारको क्रममा मंगलबार राती उनको निधन भएको बताइएको छ । मृतक घिमिरेलाई अकस्मात् पेट दुखाईको समस्या आएपछि अस्पताल भर्ना भएका थिए। मृत्युको ठोस कारण भने पत्ता लाग्न नसकेको बताइएको छ।

मृतक घिमिरेको परिवारजनको सल्लाहमा शव नेपाल पठाइने तयारी भएको छ। यसको लागि आवश्यक रकम संकलनको काम भईरहेको जनाइएको छ । उनको निधन पछि परिवार शोकमा रहेको छ ।

यसको लागि आवश्यक रकम संकलनको काम भईरहेको जनाउँदै बाँके बर्दिया मैत्री समाज जापानले सहयोग रकम संकलन गरिरहेको छ । समाजले निम्न बैंक खातामा आफुले सक्दो सहयोग रकम जम्मा गरिदिनुहुन सम्पूर्ण जापानवासी नेपालीहरुमा अनुरोध समेत गरेको छ ।शब नेपाल पठाउनका लागि ८ लाख जापानी येन लाग्ने जानकारी समाजले गराएको छ ।

बैंकको नामः जापान पोष्ट बैंक
खाता नम्बरः 10120-93983651
खातावालको नामः バンケ バルディア ユウコウギョウカイ

प्रतिक्रिया

सम्बन्धित समाचारहरू