ट्र्याक्टरले किचेर नाबालिकाको मृत्यु

admin

सर्लाही, ९ वैशाख: ट्र्याक्टरले किचेर आज सर्लाहीमा एक चार वर्षीया नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कौडेना गाउँपालिका–६ सक्रौलका राधे रायका चार वर्षीया छोरी पूजाकुमारी राय रहेको छ ।

ज१त ३९५८ नंको ट्र्याक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्र्याक्टर र त्यसका चालक कविलासी नगरपालिका– १० सलेमपुरका ४० वर्षीय रामनारायण चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया