डि आर उपाध्ययको ‘सन्तानको शिर उठाउन’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १३ भदौ  : नेपाली सुगम संगीतमा पछिल्लो समय निकै रुचाइएका गीतकार डि आर उपाध्ययको पिता प्रति समर्पित मर्मस्पर्शी गीत ‘सन्तानको शिर उठाउन’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पिता र सन्तान प्रतिको प्रगाढ मायालाई गीतमा डि आर उपाध्ययले समेटेका छन । सार्वजनिक गीतमा मनोज राजको आवाज र सन्तोष श्रेष्ठको संगीत रहेको छ।

गीतमा सन्तान प्रति आफ्नो पिताले दर्शाउन मायालाई देखाईएको छ । जिन्दगीको सारा रहरलाई समर्पित रहेका पितालाई सम्झेर आफ्नो देउता जस्तो पुर्खालाई सम्मान गर्न सबैलाई गीतकारले आग्रह गरेका छन ।

हेर्नुहोस ‘सन्तानको शिर उठाउन’ गीतको भिडियो :

प्रतिक्रिया