दुबईमा बिचल्ली पारेर फरार भए प्रेमी, ज्यान मार्ने धम्कि आएपछी रुँदै मिडियामा आइन सीमा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : दुबईमा अलपत्र पारेर छाडियो भन्दै एक महिला मिडियामा आएकी छिन्। पोखरा घर भएकी सीमा लामिछाने मगरले झलक श्रीस नामक पुरुषले माया झालमा पारेर ६ महिना सँगै राखेर अलपत्र पारी नेपाल फरार भएको आरोप लगाएकी छिन्।

उनको प्रेमीले आफ्नो विवाह नभएको र आफुलाई नै विवाह गर्छु भनेर आश्वाशन दिएको कारण सँगै बस्दै आएको उनको भनाई छ। तर पछि उनको विवाह भएको थाहाभए पछि सम्बन्धमा दरार आएको उनले बताईन। जसकारण उनका प्रेमीले उनलाई अलपत्र अवस्थामा छाडिदिए। उनले दुबईको १५ हजार दिराम खाएको सिमाको आरोप छ।

पर्वतमा जन्मिएकी उनी पोखरामा बस्दै आइन। उनको मागी विवाह भयो। तर लामो समय टिक्न सकेन। उनी अल्लगै संघर्ष गर्दै जीवन विताउदै आएकी थिईन।पछि उनी वैदेशिक रोजगारीको लागि दुबई पुगेकी हुन्। सीमाको अनुसार, चीनजानमा रहेकी गीता सापकोटाले नै ती प्रेमीलाई भेटाएको र अलपत्र पारेपछि न्याय खोज्दा उल्टै आफुलाई मार्ने धम्की देखि अनेक केटासँग हिमचिम भएको आरोप लगाईन। उनले भनिन्, ‘दुबईबाट नेपालमा म आउँदा समेत् मलाई होटेलमा केटासँग बसेको आरोप लगाई रहेका छन्। गीताको एउटा ग्रुप छ। उनीहरुले नै फरार भएको प्रेमीलाई बचाउन षड्यन्त्र गरेका हुन्।’

दुबईको सडकमा भौतारिएपछि उनले फेसबुकलाइभ मार्फत सहयोगको गुहार गरेकी थिइन। जसकारण उनलाई उद्दार गरी नेपाल ल्याइएको छ। उनी आफ्नो न्यायको लागि कानुनी साहयता लिने बताएकी छिन्।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू