नेपालको सीमा नजिकै २५ रुपैयाँमा पाईन्छ युवती भाडामा

रिता घिसिंग

नेपालको उत्तरी छिमेकी मुलुक चीनमा विवाह गर्नको लागि होस् वा प्रेम गर्नको लागि युवती पाउँन गाह्रो छ । भियतनाम म्यानमार लगायतका देशहरुबाट युवती ल्याएर चिनियाँ युवाहरुले विवाह गर्ने गरेका छन् ।

लामो समयसम्म एक सन्तान नीति लिएको चीनमा नयाँ जन्मने बच्चाहरुमा महिला भन्दा पुरुष धेरैं हुन थालेपछि अहिले युवत्ती संकटको अवस्थाबाट चीन गुज्रिरहेको छ ।

यस्तै अभावका बिचमा चीनको हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएको छ । यहाँको वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन् ।

यीमध्ये तपाइँ जसलाई चाह्यो रोज्न सक्नुहुन्छ बदलामा तपाइले झण्डै नेपाली २५ रुपैयाँ बराबर तिर्नुपर्छ । तपाइले आफूलाई मन परेकी युवतीसँग २० मिनेट बिताउन सक्नुहुन्छ ।

यस क्रममा तपाइँले ती युवतीसँग शपिङ, लञ्च वा डिनर गर्न सक्नुहुन्छ । यसको लागि तपाईका लागि एक शर्त राखिएको छ, जसअनुसार तपाईले ति युवत्तीसँग संगै भएको बेलामा उनलाई छुन भने पाइदैन । एजेन्सी

प्रतिक्रिया