राष्ट्रिय शिक्षक संगठनको गैरकानुनी दर्ता बदर गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दर्ता

admin

काठमाडौँ, मंसिर २६ :नेपाल राष्ट्रिय शिक्षक संगठनको टे«ड युनियन ऐन २०४९ अन्तर्गत मिति २०६५।०१।१५ मा दर्ता नं.२२७० कायम गरी साविकको श्रम तथा रोजगार विभागमा गरिएको दर्ता गैरकानुनी भएकोले बदर गर्न माग गरी सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दर्ता गरेका छन् ।

श्री महाँकाल माध्यमिक विद्यालय पाँचखाल काभ्रे, श्री महाँकाल जनजागृत मा.वि गोल्फुटार, जनप्रभात मा=वि=र बेलर इन्टरनेशनल एकेडेमीका शिक्षकहरुले २०७५ कार्तिक २० गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा विद्यालयका शिक्षकलाई ट्रेड युनियन अधिकार नहुने भनेर सम्मानित सर्वाेच्च अदालतले सिद्धान्त प्रतिपादन गरिसकेकोले नेपाल राष्ट्रिय शिक्षक संगठनको टे«ड युनियन ऐन अन्तर्गत साविकको श्रम तथा रोजगार विभागमा गरिएको दर्ता बदर गर्नको लागि दर्ता नं १३८१ को निवेदन दर्ता गराएका हुन् । शिक्षक कर्मचारीको पेशागत संगठनको दर्ता राष्ट्रिय निर्देशन ऐन अन्तर्गत हुने कुरामा दुविधा छैन ।

उक्त श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता गरिएको उक्त निवेदनमा “ट्रेड युनियन ऐन २०४९ को प्रस्तावनामा गरिएको व्यवस्थाले पनि विद्यालयका शिक्षक कर्मचारी वर्गको हक हित संरक्षण र संवद्र्धन गर्नको लागि टे«ड युनियनको दर्ता गर्न सकिने गर्न मिल्ने अवस्था नभएकाले सामुदायिक विद्यालयका शिक्षकको पेशागत हकहितमा काम गर्न भनी टे«ड युनियन ऐन २०४९ अन्तर्गत साविक श्रह विभागमा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनको दर्ता कायम रहन नसक्ने जिकिर गरिएको छ ।”

यस अघि नै नेपाल संस्थागत विद्यालय शिक्षक युनियनको श्रम विभागमा रहेको दर्ता साविकको पुनरावेदन अदालतले मिति २०७०।११।२७ मा बदर गरेको उपर सर्वाेच्च अदालतमा परेको २०७२–CI–०१०६ नं=को मुद्दामा मिति २०७३ मंसिर ३० गते विद्यालयका शिक्षकलाई ट्रेड युनियन अधिकार हुँदैन भन्ने व्याख्या समेत भइसेकेको छ । टे«ड युनियन ऐन, श्रम ऐन तथा नेपालको प्रचलित शिक्षा ऐनको कुनै पनि कानुनी प्रावधानले विद्यालयका शिक्षकहरुको हक हित संरक्षण गर्न टे«ड युनियन दर्ता र सञ्चालनको परिकल्पना नै नगरेको र सम्मानित सर्वाेच्च अदालतले समेत विद्यालयका शिक्षकलाई ट्रेड युनियनको अधिकार हुँदैन भनी व्याख्या गरिसकेको अवस्थामा नेपाल राष्ट्रिय शिक्षक संगठनको तत्कालीन श्रम तथा रोजगार विभागले गरेको दर्ता गैरकानुनी भइसकेको हुँदा अविलम्ब उक्त दर्ता बदर गर्न र सोको जानकारी आफूहरुलाई दिन माग गरी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दर्ता गरिएको र सो उजुरीबाट नेपाल राष्ट्रिय शिक्षक संगठनको दर्ता नगरेमा आवश्यक कानुनी कारबाहीमा जाने तयारीमा रहेको निवेदकहरुमध्येका श्री महाँकाल माध्यमिक विद्यालय काभ्रे पाँचखालका शिक्षक पुरुषोत्तम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया