पत्रकार रवि लामिछानेसँग माफी माग्दै ज्ञानेन्द्र शाहीले रविको विरोध गर्नेको गरे पर्दाफास (भिडियो)

मनिषा थापा

भक्तपुर : भ्रष्टचार विरुद्ध आवाज उठाउने अभियन्ता ज्ञानेन्द्र शाहीले राजधानीमा आयोजित ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रममा बोल्दै आफु अन्यायमा परेको बताएका छन्। सुर्खेतमा केहि प्रहरीले गरेको अमानवीय ब्यबहारले अहिले पनि विक्षिप्त बन्नु परेको भन्दै उनले दुख व्यक्त गरे।

विश्वमा नै आँफुलाई अब्बल प्रहरीको दर्जामा राख्न सफल विश्वकै चर्चित प्रहरी मध्यको एक नेपाल प्रहरीले चर्चा कमाइरहेका बेला सोही संगठनका केही ब्यक्तिले आँफुलाई ज्यान लिने उद्देश्य गरेको अन्यायका बिरुद्ध आँफुले सँधै विरोध गर्ने बताएका छन् । उनले चरम यातना दिने ती प्रहरीमाथि उजुरी हाल्ने उल्लेख गरेका छन्।

यद्दपी चर्चित पत्रकार रवि लामिछानेलाई ‘नेपालका लागि नेपालीको’ मंचबाट गाली गर्ने आर्यन तामाङ ‘नागरिक समाज’का अभियान्ता नभएको शाहीले बताएका छन्। आर्यन तामाङले मंचमा आएर त्यसरी गलत आक्षेप लाउँन उचित नभएको र उनको त्यो निजी अभिव्यक्ति रहेको शाहीको भनाई छ।

उनले भने, ‘नागरिक समाजमा सबै नागरिकको साझा सभा भएको र मंचमा बोल्न आउनेलाई अवसर दिन्छौ तर मन्चबाट गलत आक्षेप लाइएमा कानुनी कारवाही पनि हुनेछ ।’ शाहीले एक विज्ञाप्ति जारी गरी सर्वसाधारणले मंचमा आएर गलत आक्षेप लगाएको उल्लेख गरेका छन्।

बाँकी हेर्नुहोस भिडियोमा…

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू