पदिय र आर्थिक प्रलोभनमा परी कानुन आफ्नो हातमा लिनेलाई अब छोडिन्न : ज्ञानेन्द्र शाही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भ्रष्टचार विरुद्ध आवाज उठाउँदै आएका अभियान्ता ज्ञानेन्द्र शाहीले पदिय र आर्थिक प्रलोभनमा परी कानुन आफ्नो हातमा लिनेलाई अब नछोड्ने बताएका छन्। आर्थिक प्रलोभनमा परेर निर्दोष व्यक्तिलाई कुट्ने अधिकार संविधानमा नलेखिएको उनको भनाई छ। 

सुर्खेतमा चरम यातना दिने डिएसपी प्रदिप क्षेत्री, इन्स्पेक्टर निरन्जन घिमिरे र सइ भक्ति खानाल विरुद्ध मुद्दा दायर गर्ने तयारी भईरहेको उनले बताए। उनले आफूमाथि भएको चरम यातना कानुनविपरित रहेको उनको तर्क छ। उनले भने, ‘मलाई मारेर केहि पाइदैन। भ्रष्टचार विरुद्ध चौतर्फी विरोध भईरहेको छ। म जस्ता धेरै ज्ञानेन्द्र शाही निक्लन्छन, ती सबैलाई कुट्न पाइन्छ ?’

यसैबीच उनले पछिल्लो समय चलिरहेको गुठी विधयेकको विवादको विषयमा पनि आफ्नो अभिव्यक्ति दिएका छन्। उनले भने, ‘गुठीको जग्गालाई हातमा पारी कमिटि बनाउने र जग्गा खाने यो भू-माफियाको चलखेल हो। धर्म र सस्कृतिलाई यसरी मास्न पाइदैन।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू