पुलिस क्लबले तय ग¥यो सेमिफाइनलको यात्रा

admin

फिक्कल, २८ फागुन: नेपाल पुलिस क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । युनाइटेड दार्जिलिङसँग आज भएको पहिलो क्वाटर फाइनल खेलमा एकका विरुद्ध दुई गोल गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।

जीतका लागि नेपाल पुलिस क्लबका तर्फबाट खेलको छैटौँ मिनेटमा जर्सी नम्बर २ का सौजन्य याख्खा राईले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल जर्सी नम्बर १० का भरत शाहले दोस्रो हाफको ३६ औँ मिनेटमा गरेका थिए ।

दार्जिलिङका तर्फबाट दोस्रो हाफको ३९ औँ मिनेटमा जर्सी नम्बर ११ का करण राईले पहिलो तथा सान्त्वना गोल गर्दै क्वाटर फाइनलबाटै आफ्नो यात्रा समाप्त गरेको छ । खेलको म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका जर्सी नम्बर दुईका सौजन्य याख्खा राई घोषित भए । बुधबारको अर्को क्वाटरफाइनल खेल थ्री स्टार फुटबल क्लब ललितपुर र हिमालयन शेर्पा क्लब काठमाडाँैबीच खेल हुने आयोजकले जानकारी दिएको छ ।
-रासस

प्रतिक्रिया