बढ्यो सुनको भाउ 

मनिषा थापा

काठमाडौं : साताको पाचौ दिन आज  (बिहीबार) सुनको भाउ बढेको छ।  आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

गत शुक्रबारबाट ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ६५ हजार पुगेको हो।  

त्यस्तै गरी आज तेजावी सुनको भाउ बढेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज सुनको मुल्यसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। यस अघि चाँदी प्रतितोला ७२५ रुपैयाँमा किनबेच हुँदै आएको थियो। 

प्रतिक्रिया