बलिउड फिल्म ‘साहो’को लागि हिन्दी भाषा सिक्दै प्रभास

रिता घिसिंग

एजेन्सी : बहु प्रतिष्ठित चलचित्र ‘बाहुबली’ र बाहुबली २’ बाट चर्चामा आएका दक्षिण भारतीय सुपरस्टार प्रभास बलिउड फिल्म ‘साहो’का लागि हिन्दी भाषाको कक्षा लिंदैछन् । यस फिल्ममा प्रभासको अपोजिटमा नायिका श्रद्धा कपुरले साथ दिने भएकी छन् ।अभिनयमा राम्रो दख्खल राख्ने प्रभासको बलिउडले प्रतिक्षा गरिरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रभासला्ई साउथ इन्डियन भाषा बोल्न कुनै कठिन नपरेपनि उनलाई हिन्दी भाषा राम्रोसँग बाृेल्न आउँदैन । यो फिल्म एकैचोटी तीन भाषमा रिलिज हुने बताइएको छ । नायक प्रभास यतिबेला आफ्नो नयाँ चलचित्र ‘साहो’ को तयारी गरिरहेका छन्। प्रभासलाई सामान्य हिन्दी बोल्न आएपनि स्पेशल डायलगहरुमा कठिनाई आएपछि भाष कक्षा लिन आग्रह गरिएको थियो ।

उनले आफू हिन्दी पढ्न र लेख्न सकेता पनि घरमा बोल्न नसक्ने बताए । उनका अनुसार, घरमा कसैले हिन्दी भाषा बोल्दैनन् र बुझ्दैनन् । उनी भन्छन्, मैले ‘साहो’ का लागि एक महिनाको हिन्दी क्लासेस लिएको छु । हिन्दी शिक्षकले मलाई डाइलग सिकाएका छन् । मैले यस फिल्मका लागि निकै होमवर्क गरेको छु ।

‘साहो’ मा प्रभाषका साथमा श्रद्धा कपूर, मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय प्रमुख भूमिकामा छन् । बाहुबली एक र दुइृमा अभिनयले सबैको मन जितेका प्रभाषको बलिउड इन्ट्री प्रतिक्षारत बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू