लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

admin

हेटाँैडा, २९ पुस: लागुऔषध कोरेक्स ओसार–पसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ४२०९ नंको ट्याङ्करलाई खानतलासी गर्ने क्रममा तेल ट्याङ्की र चेसिसको बीच भागमा रहेको खाली ठाउँमा लुकाइछिपाई राखेको अवस्थामा दुई लिटर लागुऔषध कोरेक्ससहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा ट्याङ्कर चालक इन्द्रसरोवर गाउँपालिका–५ का अरुण तामाङ, सहचालक सोही ठाउँ बस्ने १५ वर्षीय विजय तामाङ र १५ वर्षीय अर्का किशोर सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही भइरहेको उहाँले बताउनुभयो ।
-रासस

प्रतिक्रिया