ला ! तरकारी र दालमा नुन चर्को भयो अब के गर्ने ? अपनाउनुहोस् यी ५ उपाय

रिता घिसिंग

पिएनपिखबर : खानामा नुन भएन भने खानाको स्वाद हुदैन। यसैले नुन एकदम जरुरी चिज मानिन्छ। नुनको मात्रा तरकारीमा ठिक्क हुनु पर्छ तर कहिलेकहिँ झुक्किएर तरकारी, दालमा नुन बढी भैदिन्छ। यस्तो समयमा के गर्ने त ? अपनाउनुहोस् यी ५ उपाय :

१, यदि तरकारी वा दालमा नुन बढी भएमा आलु काटेर केहि समयसम्म तरकारीमा राखिदिनुहोस। केहि समयपछि उक्त आलु निकालीदिनुहोस। यसो गर्दा नुन कम हुन्छ।

२, सब्जी र दालमा नुन बढी भएमा आँटालाई डल्लो परेर तरकारीमा हालिदिनुहोस्। केहि समयपछि उक्त आँटाको डल्लोलाइ निकाली दिनुहोस। यसो गर्दा पनि नुन कम गर्न सकिन्छ।

३, यदि तरकारीमा नुन चर्को भएमा अलिकति दहि मिसाईदिनुहोस।

४, दालमा नुन चर्को भएमा अलिकति कागतीको रस मिसाईदिनुहोस।

५, यदि तपाई तरकारी वा दालको चर्को नुन कम गर्न चाहनुहुन्छ भने पाउरोटी पनि प्रयोग गर्न सक्नु हुन्छ। दाल वा सब्जीमा केहि पाउरोटीको टुक्रा मिसाईदिनुहोस। केहि समयपछि निकाली दिनुहोस।

प्रतिक्रिया