विवाहपछिको पहिलो फिल्म, एसिड अट्याकमा आधारीत ‘छपाक’को सुटिङ्गमा दीपिका

रिता घिसिंग

एजेन्सी: दीपिका पादुकोणले एसिड अट्याकमा आधारीत फिल्म ‘छपाक’को सुटिङ्ग सुरु भएको जानकारी गराएकी छन् । यो फिल्म एसिड अट्याकपछि बाच्न सफल लक्ष्मी अग्रवालको जीबनमा आधारीत छ ।

दीपिकाले आफ्नो इन्साटाग्रममा आफ्नो बाल्यअवस्थाको फोटो सेयर गर्दै योबारे जानकारी गराएकी हुन् । लक्ष्मीको कहानी सुनेर दीपिकाले फिल्म बनाउने कुरा अघि सारेकी थिइन् ।

लक्ष्मी १५ बर्षकी हुँदा ३२ बर्षीय एक व्यक्तिले एकतर्फी प्रेमका कारण उनीमाथि एसिड प्रहार गरेका थिए । दीपिका पादुकोणको रणविर सिंहसँग विवाह भएपछिको यो पहिलो फिल्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू