सङ्कटा एपिएफसँग पराजित

admin

काठमाडौँ, २३ पुस : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपविजेता बनेको सङ्कटा क्लब सशस्त्र प्रहरी बल (एपिएफ)सँग पराजित भएको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको आफ्नो लिग चरणको अन्तिम खेलमा उपविजेता सङ्कटा क्बल विभागीय टोली एपिएफसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

एपिएफको जितमा युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे । खेलको २३ औँ मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ७१ औँ मिनेटमा राजनले ‘हाण्ड’ गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । यता पराजित सङ्कटाका लागि लक्ष्मण रुचालले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक सान्त्वना गोल फर्काए । उपविजेता बनेको सङ्कटाले लिगको १३ खेलबाट २८ अङ्क जोडेको छ । जितसँगै एपिएफ २३ अङ्कसाथ पाँचौ स्थानमा रह्यो ।–
-रासस

प्रतिक्रिया