साढेको कारण जिन्दगीभर बिहे नै नगरी बसेकी छिन् यी महिला

मनिषा थापा

भारतकी तमिलनाडुकी मदुरे गाउँमा बस्ने एक महिलाले जीवनभरी विवाह नगर्ने अठोट गरेकी छिन् । ४८ वर्ष भएकी यी महिलाको नाम सेल्भरानी हो ।

 

सेल्भरानी नाम गरेकी यी महिला सानै हुदाँ उनको जीवनमा साँढे जबरजस्ती प्रवेश गरेको थियो, त्यसपछि उनले ती साँढेलाई पाल्ने निर्णय लिएर पालिन् । यहि साँढेको मायाको कारणले गर्दा उनले जीवनभरी विवाह नगर्ने निर्णय लिएकी हुन् ।

खास तमिलनाडुमा जल्लीकट्टु नामक पर्व हुन्छ, त्यस पर्वका बेला भीडमा साँढे दौडाइने गरिन्छ र जितेमा उपाधी दिइन्छ । उनीको चाहना एउटा बडेमाको साँढे पालेर आफ्नो साँढेलाई उपाधी जिताउँ भन्ने थियो ।

साँढेको हरेचाहको साथमा मजदुरी पनि गर्दै आफ्नो गुराजा चलाउने उनले साँढेको नाम रामु राखिदिइन्, रामुले हरेक वर्ष हुने जल्लीकट्टु लगायतका खेलमा ५ वर्षदेखि लगातार उपाधी जित्दै आएको छ । उपाधी जितेपछि रामुले पुरस्कारको रुपमा सुनको सिक्का, साडी लगायतका घरेलु सामान पाउँछन् ।

साँढे निकै बलियो भएकाले साँढे प्रति धेरै आर्कषित भएका छन्, धेरैले राम्रो पैसा दिएर उनलाई साँढे बेच्न आग्रह गरेसकेका पनि छन्, सेल्भरानी भने पैसाको प्रलोभनमा नपरी आफूले त्यो साँढे नबेच्ने बताउँछिन् , त्यस्तै उनले आफूले यहि रामुको कारणले बिहे नगरेको बताइन् ।

प्रतिक्रिया