सुनको भाउ घट्यो

रिता घिसिंग

काठमाडौं : आज आईतबार सुनको भाउ झन् ओरालो लागेको छ। गत शुक्रबार ६० हजार २ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ सय रुपैयाँले घटेर ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

फाइल फोटो

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। यस अघि तेजावी सुनको मूल्य ६० हजार ४ सय रुपैयाँ रहेको थियो ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला ७१० रुपैयाँ रहेको छ। यसअघि चाँदीको भाउ ७३० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया