स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ : पाण्डेय

admin

पाल्पा, १९ असोज : उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी, पाल्पाद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई रैनादेवी छहरामा सम्बोधन गर्दै उहाँले जनप्रतिनिधिले जनहितका काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयोे ।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले चुनावका बेला जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ५ का सदस्य तुलाराम घर्तीमगरले पार्टी बलियो नभए सरकार बचाउन नसकिने बताउनुभयो । प्रदेश सदस्य नारायण आचार्यले पार्टीले गरेका राम्रा कामको कार्यकर्ताले प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेकपाका रैनादेवी छहराअन्तर्गतका अगुवा कार्यकर्ताले नेकपाले सामाजिक विकृतिको अन्त्य गरी व्यवस्थित पार्टी बनाउनुपर्ने सुझाव दिएका थिए ।
-रासस

प्रतिक्रिया