हाँस्यकलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिए [फोटो फिचर]

मनिषा थापा

एजेन्सी : चर्चित कमेडियन कपिल शर्मा बुधबार आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिएका छन्। कपिलले वुधबार लामो समय देखिकी प्रेमीका गिन्नी चतरथसँग पन्जाबी शैलीमा विवाह गरेका हुन्। शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो विवाहको निम्तो दिएका थिए।

कपिलले २ वटा रिसेप्सन् पार्टि दिनेछन्। पहिलो १४ डिसेम्बरको दिन अमृतसरमा जहाँ विशेष नजिकका आफन्तलाई बोलाइनेछ र अर्को २४ डिसेम्बरमा मुम्बईमा गरिने र बलिउडका स्टारहरुलाई सरिक गराइने छ।

शाही अन्दाजमा देखिएका कपिल र गिन्नीले भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, लगायत नजिकका साथी तथा आफन्तलाई विवाहमा निम्तो दिएका थिए।

पछिल्लो समय खस्कक्दो करियरका कारण डिप्रेसन झेलिरहेका कपिलले प्रेमीका गिन्नीले आफुलाई दुःख तथा सुखमा साथ दिएको र त्यसले आफुलाई अघि बढ्न उर्जा मिलेको बताउँदै आएका थिए । गिन्नी कपिलका सानै देखिकी साथी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू