५ फिट ८ इन्चका शाहरुख खान कसरी देखिए चलचित्र ‘जीरो’मा साँढे दुई फिट ?

रिता घिसिंग

एजेन्सी : बलिउड स्टार शाहरुख खानको नयाँ फिल्म ‘जीरो’ ट्रेलर केही दिन अगाडि मात्रै सार्वजनिक भएको छ। फिल्ममा शाहरुख खानले होचा पुड्काको भूमिका निर्वाह गरेका छन्। ट्रेलर सार्वजनिक भएपछि धेरैले शाहरुखको तारिफ गरेका छन्।

शाहरुखले निर्वाह गरेको होचो पुड्काको भूमिकालाई लिएर धेरै दर्शकहरुले प्रतिक्रिया दिन थालेका छन। कसैले मेकअप गरेर शाहरुख खानको ठाउँमा अन्य कसैलाई अभिनय गर्न लगाएको बताएका छन् भने कसैले शाहरुख खान जस्तो पनि अभिनय गर्न सक्ने भन्दै उक्त भूमिका पनि उनैले निर्वाह गरेको बताएका छन्।

त्यसो त ५ फिट ८ इन्च अग्ला भएका शाहरुख खानलाई अढाए फिटको बन्नु त्यति सजिलो भने पक्कै पनि भएन होला। शाहरुख खानलाई होचो देखाउन विशेष प्रकारको प्रविधिको प्रयोग गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

फिल्ममा पछिल्लो समय फोस्र्ड परस्पेक्टिभको प्रविधिको प्रयोग गरिन्छ। यो प्रविधिले अग्लो मानिसलाई होचो बनाउने बाहेक अनौठो एंगल पनि दिन्छ। अर्थात यसले क्यामराको एंगल परिवर्तन गरेर अग्लो वस्तुलाई होचो देखाउन सक्छ। सूर्य र चन्द्रमालाई हातमा लिनु, ताजमहललाई औंलाले समाउनु, पहाडलाई हातले उठाउनु यसै फोस्र्ड पर्सपेक्टिभ प्रविधिको नै कमाल हो।

शाहरुख खानको फिल्म जीरोमा उनलाई होचो देखाउन दुई प्रकारका सेट बनाइएको थियो। एउटा सेटमा शाहरुखलाई होचो देखाउन र अर्कोमा अन्य मानिसलाई ठूलो देखाउन प्रयोग गरिएको थियो। दुवै क्यामराबाट शुट गरिएको सीनलाई विशेष क्यामरामा सिंक गरिएको थियो। र, पछि त्यसलाई ओभरल्याप गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू