justnep single

अछामका वडाध्यक्ष धामीको ह’त्यामा संलग्न चार जनालाई ज’न्मकै’द

admin

अछाम, ९ पुस : अछामको पञ्चदेवल विनायक नगरपालिका-२ का वडाध्यक्ष पदमबहादुर धामीको ह’त्यामा संलग्न रहेका चार जनालाई ज’न्मकै’दको फैसला गरिएको छ । वडाध्यक्ष धामी विसं २०७६ माघ महिनाको २० गते राति भैँसी गोठमा मृ’त फेला परेका थिए ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले ह’त्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका-२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई ज’न्मकै’दको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।

मृ’तक वडाध्यक्षका भाइ सुरतबहादुर धामीले स्थानीय नौ जनाले ह’त्या गरेको भन्दै उनीहरुका नाममा किटानी जाहेरी दिएपछि ह’त्यामा संलग्न रहेको आरोप लागेका अन्य पाँच जनाको कसुर नरहेको भन्दै अदालतले सफाइ दिएको छ भने चार जनालाई ज’न्मकै’दको फैसला सुनाएको छ । मृ’तक धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थिए ।

प्रतिक्रिया