अझै किन छुटेनन् विप्लव समूहका केही नेता-कार्यकर्ता ?

admin

सङ्खुवासभा, २८ फागुन : सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले यस समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन् । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् ।

खाँदबारी कारागारमा सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँदबारी कारागार छन् । विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए ।

प्रतिक्रिया