काठमाडौं, ६ असोज : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । बुधबार अध्यक्ष यादवले अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने बताएका हुन् ।
मन्त्रिपरिषद् विस्तारमा सन्दर्भमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतले आफ्नो पार्टीको बैठक गर्दै छन् । तर जसपाले भने अध्यादेश खारेज नभई मन्त्रीको नाम नपठाउने अडानका साथ बुधबार बैठकसमेत राखेको छैन ।
यादवले बुधबार जसपाको कुनै बैठक नरहेको बताए । यो अध्यादेश खारेज नगरे बहुदलीय व्यवस्थालाई नै खारेज हुने उनको भनाइ छ । केन्द्रीय समिति र संसदीय दल मध्य एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवको चिन्ता छ ।