काठमाडौं, १९ असोज : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीको पक्षमा शिक्षण अस्पतालमा सांकेतिक धर्ना दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा २२ जनाको समूहले २२ मिनेट धर्ना दिएको हो ।
डा. केसी अनसन बसेको २२ औं दिनमा सांकेतिक रुपमा शर्माको नेतृत्वमा २२ जनाको समूहले २२ मिनेट धर्ना दिएको थियो । नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार विभागका तर्फबाट पार्टी प्रवक्ता तथा विभाग प्रमुख शर्मासहित विभागका सदस्यहरु धर्नामा सहभागी थिए ।
त्यसपछि शर्माले डा. केसीलाई भेटेका थिए । भेटमा डा. केसीका माग संबोधन गर्न कांग्रेसले सुरुदेखिनै सरकारलाई आग्रह गरिरहेको प्रवक्ता शर्माले बताए । केसीको जीवन रक्षा र माग पुरा गर्न सरकारसँग उनको आग्रह थियो ।