justnep single

अनुमतिविनै नेपालमा कोरोना खोप ल्याए बहराइनका राजकुमारले

admin

काठमाडौं, ४ चैत्र : बहराइनका राजकुमारले नेपालमा अनुमतिविनै कोरोना भाइरसको खोप ल्याइएको पाइएको छ । नेपालका औषधि नियामकले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल-खलिफाले नेपालमा कोरोना भाइरस (कोभिड-१९) खोप ल्याएको विषयमा अनुसन्धान गरिरहेको जनाएका छन् ।

बहराइनका राजकुमार अस्ट्राजेनेका खोपको दुई हजार डोजसहित सगरमाथा आरोहणका लागि गएको सोमबार नेपाल आएका हुन् । नेपालमा खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ । बहराइनका राजकुमारले गोरखा जिल्लाका केही मानिसलाई त्यो खोप दिन चाहेको बहराइन दूतावासले नेपाली सञ्चारमाध्यमहरुलाई जनाएका छन् ।

राजकुमार अल खलिफाको भ्रमणको व्यवस्थापान गरिरहेको सेभेन समिट ट्रेकका प्रवक्ता थानेश्वर गुरागाईंले मंगलबार सञ्चारमाध्यमलाई बताएअनुसार सात दिनको क्वरेण्टीन बसाइपछि राजकुमारको टोली गोरखाको चुमनव्री गाउँपालिका जानेछ । त्यही पालिकाको सामागाउँका मानसलाई दुई हजार डोज अस्ट्राजेनेका खोप दिने ती खोप दिने योजना बनाइएको उनले बताए ।

त्यसपछि राजकुमार र उनको टोलीले सगरमाथा चढ्ने योजना रहेको गुरागाईँले जानकारी दिए ।औषधि व्यवस्थापन विभागले खोपको आयातको बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ । औषधि विभागका प्रवक्ताले भने, ‘हामीलाई खोप कसरी नेपालमा भित्रियो भन्नेबारे आधिकारिक छलफल सुरु गरेका छौँ । ती खोप ल्याइएकोबारे स्वास्थ्य मन्त्रालय र विभागलाई थाहा छैन, यो विषय अनुसन्धानको क्रममा छ ।’

प्रतिक्रिया