justnep single

अन्नपूर्ण चिनी उद्योगका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

admin

सर्लाही, पुस २ :  जिल्ला प्रशासन कार्यालय सर्लाहीले धनकौलको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध प’क्राउ पुर्जी जारी गरेको छ ।

किसानको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नदिएका कारण अग्रवालवि’रुद्ध प’क्राउ पुर्जी जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

किसानले तीन वर्षदेखि उखुको रकम नदिएको उजुरी प्रशासनमा दिएपछि त्यसैको आधारमा मिल सञ्चालक अग्रवालवि’रुद्ध प’क्राउ पुर्जी जारी गरिएको हो ।

धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले किसानको अझै १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।

प्रतिक्रिया