जनकपुर : ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरी ह’त्या गर्ने भिनाजु प’क्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका–७ भठिहनका २२ वर्षीय रामबहादुर सदा रहेको प्र’हरीले जनाएको छ ।
जिल्ला प्र’हरी कार्यालय धनुषाका अनुसार धनुषाधाम नगरपालिका–७ स्थित किसानपुर बस्ने रामेश्वर सदाका सालो ५ वर्षीय रुपेश सदाको अप्राकृतिक मैथुनपछि ह’त्या गरेको आरोपमा रामबहादुरलाई प’क्राउ गरिएको प्रवक्ता तथा डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
गत असोज १५ गतेदेखि बे’पत्ता भएका रुपेशको शव शुक्रबार धनुषाधामस्थित कृषि इँटा उद्योगको परिसरभित्र पानी जमेको खाल्डोको डिलमा पात पतिङ्गरले छोपिएको अवस्था भेटिएको थियो ।
अनुसन्धानको क्रममा माछा मार्ने नाममा पोखरीतर्फ लगि अप्राकृतिक मैथुन गरेर रामबहादुरले सालो रुपेशको ह’त्या गरेको स्वीकारेको प्रवक्ता मिश्रले बताए ।
सालो रुपेशलाई रामबहादुरले विस्कुट, चकलेटको प्रलोभन दिई माछा मार्ने बाहानामा पोखरीतर्फ लगि अप्राकृतिक मैथुन गरेको अनुसन्धानबाट खुलेको छ ।
रुपेश अप्राकृतिक मैथुनकै क्रममा बेहोस भएपछि भिनाजु रामबहादुरले घाँटीमा रुपेशले लगाएको कन्दनीले बेरेर ह’त्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए । आरोपित रामबहादुरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।