justnep single

अब कोरोनाको उपचार सरकारी अस्पतालले मात्र गर्ने, पीसीआर परीक्षण शुल्क घट्यो

admin

काठमाडौं, माघ २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार अब सरकारी अस्पतालले मात्र गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस उपचारका लागि अब सरकारी अस्पताललाई मात्र तोकिएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले यस अघि कोरोना भाइरसको उपचारका लागि तोकिएका निजी अस्पतालहरुलाई आजका मितिले १० दिन सम्मको मात्र शोधभर्ना दिइने निर्णय भएको बताउनुभयो ।

यस्तै सरकारले सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क समेत घटाएको छ । अब सरकारी प्रयोगशलाहरुले पीसीआर परीक्षण गरेको १ हजार शुल्क लिने प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया