बैतडी, १२ चैत : ब’ला’त्का’रपछि ह’त्या गरिएकी बैतडीकी भागरथी भट्ट र अभियुक्तको डीएनए रिपोर्ट मिलेको छ । बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृ’तकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको जनाएको हो । गएको माघ २१ गते विद्यालय गएकी भागरथीको ब’ला’त्का’रपछि ह’त्या भएको थियो । ब’ला’त्कार र ह’त्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ ।
बैतडी दोगडाकेदार गाउँपालिका-७ का दिनेश भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । उनले ‘रिसिबी’ का कारण भागरथीको ब’ला’त्कार र ह’त्या गरेको भनी प्रहरीसमक्ष बयान दिएका थिए ।