justnep single

अस्ट्रेलियामा बाढी : १८ हजार मानिसलाई निकालेर सुरक्षित स्थानमा पुर्‍याइयो

admin

एजेन्सी, ९ चैत : अस्ट्रेलियाको दक्षिण-पूर्वी राज्यमा लगातारको वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । न्यु साउथ वेल्समा बाढीमा फसेका झण्डै १८ हजार मानिसलाई निकालेर सुरक्षित स्थानमा पुर्‍याइएको बीबीसीले जनाएको छ ।

न्यु साउथ वेल्सको राजधानी सिड्नी र दक्षिण-पूर्वी राज्य क्वीन्सल्याण्डमा नदी र बाँधको जलस्तर बढेको छ । अधिकारीहरुका अनुसार यो स्थिति ‘५० वर्षमा पहिलो पटक’ बनेको हो र कैयौँ हप्तासम्म बनिरहन सक्छ । स्थानीय प्रशासनले मानिसहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाढीका कारण घर छोड्न बाध्य मानिसहरुलाई आर्थिक सहायताको प्रस्ताव गर्नुभएको छ । न्यु साउथ वेल्सकी प्रमुख ग्लेडी बेरिजिक्लयनले सोमबार मध्यरातसम्म कसैको पनि ज्यान गएको छैन । उनले भने, ‘अहिले जस्तो अवस्था छ, यो कुनै चमत्कार जस्तै देखिन्छ ।’

तर प्रभावित क्षेत्रमा निकै क्षति भएको बताइएको छ । प्रभावित क्षेत्रमा साढे दुई करोड मानिस रहेका छन् । साउथ वेल्सकी प्रमुख बेरेजिक्लियनले बाढीको चपेटामा परेका केही समुदाय गएको वर्षको ग्रीष्म ऋतुमा जङ्गलमा लागेको आगो र सुख्खाबाट प्रभावित भएका थिए । अस्ट्रेलियाको मौसम विभागका अनुसार केही क्षेत्रमा नौ सय मिलिमिटरसम्म वर्षा भएको छ, जुन ‘असाधारण’ हो ।

प्रतिक्रिया