justnep single

आगो ताप्दा जलिन् एक वृद्धा

admin

 बारा : बारामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृ’त्यु भएको छ। कलैया उपमहानगरपालिका-३ गंगापुरकी ७५ वर्षीया वृद्धा रामसवारीदेवी कानुको मृ’त्यु भएको हो।

फाइल फोटो

जिल्ला प्र’हरी कार्यालयका अनुसार उनको सोमबार बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो। अत्यधिक जाडो र शितलहरका कारण जाडो छल्न गएराति करिब १२ बजे आगो ताप्दै थिइन्। त्यहीक्रममा ज’लेर उनी गम्भीर घाइते भएकी थिइन्।

घा’इते भएपछि उनलाई परिवारले उपचारको लागि अस्पताल पुर्‍याएका थिए।तर बिहान उनको उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय बाराले जनएको छ।

प्रतिक्रिया