justnep single

आजदेखि कामनपाभित्रका स्थानीयवासीको मिर्गौला परीक्षण

admin

काठमाडौं, ५ फगुन : काठमाडौं महानगरपालिकाले बुधबारदेखि नगरभित्रका स्थानियबासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको निःशुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ ।

मिर्गौला परीक्षणका लागि बुधबारदेखि सुरु हुने अभियान ६ महिनासम्म चल्नेछ । स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौं कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ ।

विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा गई निःशुल्क परीक्षण गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया