justnep single

आजदेखि मौसम खुल्दै जाने

admin

काठमाडौं, फागुन ८ : आजदेखि मौसम खुल्दै जाने भएको छ । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएर अरु ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै तराईका केही ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको भए पनि दिउँसोदेखि मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

आज उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको र त्यस क्षेत्रको मौसम पनि दिउँसोपछि सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र बाँकी प्रदेशको मौसम सफा रहने महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया