justnep single

आजै नेकपा ओली समूहमा प्रवेशका डा. शिवजी यादव भन्छन्, उपेन्द्र यादवको रवैया कारण पार्टी छाडेको हुँ !

admin

काठमाडौं, २१ माघ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र मानिएका डा. शिवजी यादव नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्य तथा अनुशासन विभागका प्रमुख समेत रहेका डा. शिवजी यादव बुधबार नेकपा ओली समूहमा प्रवेश गरेका हुन् ।

पार्टीमा प्रवेश गरेपछि उनले मधेशका लागि प्रधानमन्त्री ओलीले राम्रो गर्ने बताए । उनले भने, ‘मैले उपेन्द्र यादवलाई धेरै सहयोग गरे, उहाँको सहयोगी भएर काम गरेँ तर उहाँले मलाई कहिले स्वीकार गर्नुभएन, उपेन्द्र यादवको रवैया कारण पार्टी छाडेको हुँ अरु कुनै कारण छैन ।’ 

प्रधानमन्त्री ओलीले नयाँ जनादेशमा जानेबारे गरेका निर्णयलाई आफूले स्वागत गरेको पनि उनले बताए । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको मुद्दाप्रति गम्भीर रहेको भन्दै उनले मधेशको विकास र अधिकारका लागि काम गर्ने प्रतिवद्धता जनाएको कारण आफू पार्टीमा प्रवेश गरेको बताए ।

उनले मधेशी नेताहरुले आजसम्म मधेशी जनतालाई लडाएर त्यसको नाममा राजनीति गरेको बताउँदै आउने दिनमा सबै कुरा विस्तारै खुल्दै जाने बताए । उनले जसपा नेपालका थुप्रै नेताहरु निकट भविष्यमा नेकपा ओली समूहमा प्रवेश गर्न लागेको समेत दावी गरे ।

प्रतिक्रिया