आज एक हजार ७९ जना कोरोनामुक्त, सक्रिय संक्रमित सात हजार नौ सय ७६

admin

काठमाडौं, ६ पुस : सोमबार एक हजार ७९ जना कोरोना भाइरसमुक्त भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या दुई लाख ४४ हजार सात ४३ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ६ हजार तीन सय ५१ जनाको पीसीआर परीक्षण गरिएकोमा सात सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ९५ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या सात हजार नौ सय ७६ रहेको छ । नेपालमा अहिलेसम्म दुई लाख ५४ हजार पाँच सय १४ जनालाई कोरोनाको संक्रमण भएको छ । 

प्रतिक्रिया