justnep single

आज एक हजार ९७ जना कोरोना मुक्त, ५ सय ८८ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ५ पुस : आइतबार थप एक हजार ९७ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या दुई लाख ४३ हजार ६ सय ६४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ४ हजार ६ सय २० जनाको पीसीआर परीक्षण गरिएकोमा ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा काठमाडौंमा एक सय ७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ जना संक्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म दुई लाख ५३ हजार ७ सय ७२ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

यस्तै, बितेको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ८८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८ हजार ३ सय २० रहेको छ ।

प्रतिक्रिया