आज काठमाडौंका यी ठाउँमा काटिँदैछ बिजुली

admin

काठमाडौं, ७ चैत : आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले बिजुली कटौती हुने जनाएको छ।

प्राधिकरणका अनुसार पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कुल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गरिने भएकाले विद्युत् आपूर्ति बन्द हुने छ। यस क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बिजुली कटौती हुने छ।

यस्तै‚ बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्क्ल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने छ। यस क्षेत्रमा शनिबार बिहान १० देखि अपराह्न २ बजेसम्म आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ। सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ।

प्राधिकरणका अनुसार शनिबार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ । लाइन कटौती भएका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

प्रतिक्रिया