justnep single

आज तीन सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ७ बैशाख : सुनको मूल्य मंगलबार तीन सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया