आज थपिए २ हजार ७५३ कोरोना संक्रमित, निको भए २ हजार २०६

रबि धिताल

काठमाडौं,कात्तिक २२ : शनिबार थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।

स्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ५५ हजार ११४ पुगेको मन्त्रालयले जनाएको छ। देशभर शनिबार थप १७ जना मृ’तकमा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म मृ’त्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।

प्रतिक्रिया