आज देशभरको मौसम कहाँ कस्तो रहन्छ ?

admin

काठमाडौं, माघ २९ : पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा मौसम बिहीबार आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको हो ।

अहिले देशभर मौसम सामान्यतया सफा छ । तराई तथा पहाडका केही भू–भागहरुमा हुस्सु–कुहिरो लागेको छ । बिहीबार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यसैबिच उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू–भागमा बिहानपख हुस्सु–कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया